दोलखामा किराना पसलमा आगलागी हुँदा ८३ वर्षीय वृद्धको मृत्यु

दोलखामा किराना पसलमा आगलागी हुँदा ८३ वर्षीय वृद्धको मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं : दोलखाको बिगु गाउँपालिका-८ खोवागाँचुमाको किराना पसलमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।

गोवागाँचुको ठूलोधारास्थित नरबहादुर बुढाथोकीको जग्गामा टहरा बनाइ किरान पसल सञ्चालन गर्दै आएका ८३ वर्षीय खड्कबहादुर श्रेष्ठको मृत्यु भएको हो।

१४ गते राति १ बजे पसलमा आगलागी भएकोमा श्रेष्ठको शरीरको ५० प्रतिशत भाग जलेको थियो। स्थानीयको सहयोगमा आगो विहान छ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आगलागीबाछ अन्दाजी ३/४ लाख बराबरको धनमाल जली नष्ट भएको प्रहरीको अनुमान छ।

१५ चैत, २०८०, ०९:४५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।