'सुन कान्डमा महरा पक्राउ परेकै दिन अरू धरौटीमा छुट्नु रहस्यमय छ, प्रधानमन्त्री नै रविको बचाउमा छन्'

'सुन कान्डमा महरा पक्राउ परेकै दिन अरू धरौटीमा छुट्नु रहस्यमय छ, प्रधानमन्त्री नै रविको बचाउमा छन्'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागेको बताएका छन्।

नेपाली कांग्रेसका स्व.नेता गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास गर्दै नेता कोइरालाले प्रधानमन्त्रीले संसदमा झुटो बोलेर गृहमन्त्रीको बचाउमा लागेको बताए।

‘कांग्रेसलाई दोष दिएर माओवादीले बनाएको यो नयाँ गठबन्धनले कुन धारमा टेकेर के के गर्छ त्यो हेर्दै जाँउ न, केही समयमा यो आफै नाङ्गिने छ’ नेता कोइरालाले भने।

विवादमा तानिएपछि यसअघि धेरै नेताहरूले पद त्यागेको स्मरण गर्दै उनले गृहमन्त्रीबाट राजीनामा दिएर सहकारी घोटालाको अनुसन्धानलाई सघाउनु पर्ने बताए।

नेता कोइरालाले कृष्णबहादुर महरा पक्राउ परेकै दिन सुन काण्डका अन्य दोषीलाई धरौटीमा छाडिनु रहस्यमय रहेको पनि बताए।

नेता कोइरालाले प्रधानमन्त्री दाहालले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाएको आरोप पनि लगाए। सत्ताको मोलमोलाइले टिआरसी नटुङ्गिने उनको भनाइ छ।

७ चैत, २०८०, २१:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।