मोरङमा चिउरा मिलमा आगलागी हुँदा डेढ करोडको क्षति

मोरङमा चिउरा मिलमा आगलागी हुँदा डेढ करोडको क्षति
प्रतिकात्मक तस्बिर

काठमाडौं : मोरङको पथरीशनिश्चरे वडा नम्बर १ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति भएको आगलागीबाट एक करोड ५० लाखको क्षति भएको छ।

राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको हो। मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए।

स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो।

मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने नभएकी प्रहरीले जनाएको छ। आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो।

आगलागीको कारण भने पत्ता लागिनसकेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

४ चैत, २०८०, ०७:५४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।