रास्वपाले इलाम-२ को उपनिर्वाचनमा भाग लिने, प्रदेशमा नलड्ने

रास्वपाले इलाम-२ को उपनिर्वाचनमा भाग लिने, प्रदेशमा नलड्ने
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिने भएको छ। तर, पार्टीले बझाङमा हुने उपनिर्वाचनमा भने भाग नलिने निर्णय गरेको जनाएको छ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा भएको केन्द्रीय समिति बैठकले उपनिर्वाचनसहित ५ बुँदे निर्णय गरेको पार्टी महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आजको बैठकले रास्वपा सरकारमा सहभागी भएको निर्णयलाई अनुमोदन गर्दै सहभागी मन्त्रीहरूलाई सहयोग गर्ने निर्णय समेत गरेको छ।

पार्टीले केन्द्रीय अनुशासन आयोगमा सदस्य मनोनयन र केन्द्रीय जनसम्पर्क विभाग इश्रामुल्ला मियाको नेतृत्वमा गठन गरेको छ।

आगामी वैशाख १५ गते प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङमा उपनिर्वाचन हुँदैछ।

फागुन २८, २०८० सोमबार १८:०८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।