वाफ च्याम्पियनसिपको फाइनलमा नेपालको अग्रता, जोर्डन विरुद्ध एक गोल

वाफ च्याम्पियनसिपको फाइनलमा नेपालको अग्रता, जोर्डन विरुद्ध एक गोल

काठमाडौँ : वाफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले जोर्डनविरुद्ध  १-० को अग्रता लिएको छ। जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा भइरहेको फाइनलमा नेपालले पहिलो गोल गरेको हो।

नेपाल आज सावित्रा भण्डारी, अनिता केसी र अनिता बस्नेतबिना मैदानमा उत्रिएको छ। उनीहरूको स्थानमा दीपा शाही,  रश्मि कुमारी घिसिङ र सविता राना मगर टोलीमा समावेश भएका छन्।

वाफमा नेपाल र जोर्डन दुवै अपराजित टोली हुन्। जोर्डन साबिक विजेतासँगै वाफको ५ पटकको च्याम्पियन समेत हो। नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भए पनि फाइनल पुग्न सफल भएको छ।

नेपालको सुरुवाती ११ मा एन्जिला तुम्बापो सुब्बा (कप्तान तथा गोलकिपर), पूजा राना, गीता राना, अमृता जैसी, हिरा कुमारी भुजेल, दीपा शाही, प्रीति राई, सविता राना मगर, अमिषा कार्की, रेखा पौडेल र  रश्मि कुमारी घिसिङ रहेका छन्।

फागुन १७, २०८० बिहीबार २२:१९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।