६ लाख बढी रकम चोरीको आरोपमा तीन पक्राउ

६ लाख बढी रकम चोरीको आरोपमा तीन पक्राउ

काठमाडौं : ६ लाख बढी रकम चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

फुटबल खेलाडी मनिष डाँगीको घरबाट गत फागुन ६ गते ४५ लाख रुपैयाँ चोरी भएको थियो।

दोलखाको शैलुङ गाउँपालिका ६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुर गोदावरी ६ का २४ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार फुटबल खेलाडी डाँगीको घर अगाडि अनुपको आफन्तको घर रहेको र उनी त्यहाँ बारम्बार जाने र सोही क्रममा योजना बनाएर चोरी गरेको प्रारम्भिक बयानबाट खुलेको छ।

१३ फागुन, २०८०, १५:०९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।