पर्यटनमन्त्री किराँतीमाथि सत्तापक्षकै तीन गम्भीर आरोप, विमान खरिदमा १८ करोड कमिसनको खेल, होटलको स्टार बढाउन चलखेल

पर्यटनमन्त्री किराँतीमाथि सत्तापक्षकै तीन गम्भीर आरोप, विमान खरिदमा १८ करोड कमिसनको खेल, होटलको स्टार बढाउन चलखेल

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलका नेताहरूले राजीनामा मागिरहेका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीमाथि सत्तापक्षकै सांसद तथा राज्य व्यवस्था समितिका सभापति समेत रहेका रामहरि खतिवडाले संसद्मा गम्भीर आरोप लगाएका छन्।

एमालेले लुम्बिनी विकास कोषले लगाएको ठेक्काको विषयमा मन्त्री किराँतीको राजीनामा मागिरहेको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्री किराँतीले विमान खरिद र दुई तारे होटेललाई चार तारेको मान्यता दिने प्रक्रियामा अनियमितताको तयारी गरिरहेको गम्भीर आरोप लगाएका हुन्।

उनले संसद्मा मन्त्री किराँती प्रडक्सनमा नै नभएको जहाज किन्ने बाहानमा झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागेको गम्भीर आरोप लगाए।

'मन्त्री नयाँ प्लेन किन्नुपर्यो भनेर लाग्नुभएको । थ्रि हन्ड्रेड जी भन्ने एउटा प्लेन ल्याइँदै छ, जुन अहिले प्रोडक्सनमा छैन। त्यो ल्याएर झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेला सुरु भएको  सूचना प्राप्त भएका छन्।’

उनले होटेलको स्टार स्तरोन्नतिमा समेत मन्त्री किराँतीले कमिसन खान खोजेको अर्को गम्भीर आरोप लगाए।

दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा मन्त्री किराँती लागेको र किराँतीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको गम्भीर आरोप समेत लगाए।

मन्त्री किराँतीले भर्खरै ६२ जना नयाँ कर्मचारीहरूलाई करार र ज्यालादारीमा नियुक्ति गरेर राखिएको छ र उनीहरूले हाजिर गरे पुग्ने गरी राखेको आरोप लगाउँदै मन्त्री भने

कार्यालय सफा गरिरहेको भिडियो सार्वजनिक गरेर सस्तो लेकप्रियताका लागि तस्बिर सार्वजनिक गर्ने पद्धतिको विकास गरेको आरोप समेत लगाए।

‘मन्त्रीज्यू असाध्यै सुधार गर्न लागेको आभास भएको छ। एउटा झाडु र क्यामरा लिएर मन्त्रालयमा प्रवेश गरेर फोटो बाहिर ल्याउने पद्धतिको विकास भएको छ। यसरी मुलुक कहाँ जाने हो? सस्तो पपुलिजमको लागि आफ्नो मन्त्रालय सफा गरेको भिडियो हाल्देपछि हुन्छ।’

फागुन १३, २०८० आइतबार १४:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।