सांसद बजगाईँले संसद्का महासचिव पाण्डेयको नागरिकताको छानबिनको माग गरे

सांसद बजगाईँले संसद्का महासचिव पाण्डेयको नागरिकताको छानबिनको माग गरे

काठमाडौं : सांसद राजेन्द्र बजगाईंको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको  नागरिकताबारे छानबिनको माग गरेका छन्।

प्रतिनिधि सभामा बोल्दै उनले पाण्डेयको  नागरिकता विवादले भ्रम सृजना गरेको भन्दै उचित छानबिन हुनुपर्ने माग राखे।

उनले मिटरब्याज, सहकारी तथा लघुवित्त समस्याबारे सदनमै सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप चल्नु दुखद भएको भन्दै अपराध कर्ममा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए।

‘अपराधीको कुनै पार्टी या जात हुँदैन भन्दै उनले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा अपराधीलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिएका थिए। 

उनले संसद्मा क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने बताएका थिए।

ललिता निवासको सरकारी जग्गा अपचलनमा संलग्नहरूबारे विशेष अदालतबाट आएको फैसलापछि भूमाफियाको मनोबल घटेको उनले बताए।

संसद् बजगाईँको अन्य प्रकरणमा समेत अनुसन्धानको गति बढाउनुपर्नेमा जोड दिएका थिए।

११ फागुन, २०८०, १३:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।