मालबाहक ट्रकले किच्दा तीन बालबालिकासहित चार जना घाइते

मालबाहक ट्रकले किच्दा तीन बालबालिकासहित चार जना घाइते

मोरङ : मोरङको बुढीगंगा गाउँपालिका-४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन्।

विहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो।

ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको गोडा च्यापिएको छ। बच्चाहरूको अवस्था भने गम्भीर छ।

ट्रकले किचेर बालबालिकाहरू घाइते भएपछि स्थानीय आक्रोसित बनेका छन्।

फागुन ११, २०८० शुक्रबार १३:१७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।