लुम्बिनी-सिंहदरबार यात्रा सकेर ई:को टोलीले प्रधानमन्त्रीलाई बुझायो मागपत्र

लुम्बिनी-सिंहदरबार यात्रा सकेर ई:को टोलीले प्रधानमन्त्रीलाई बुझायो मागपत्र

काठमाडौं : लुम्बिनीबाट पैदलयात्रा सुरू गरेर काठमाडौं आइपुगेका अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मागपत्र बुझाएको छ।

पैदलयात्राको १० औँ दिन ईः सहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर मागपत्र बुझाएका हुन्।

सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन उद्देश्यले उनीहरूले पैदल यात्रा गरेका थिए।

उनीहरूले देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न लगाएर बिनाअध्ययन विकल्प नदिएर विस्थापन गर्न नहुने सहितका माग राखेका छन्।

अभियन्ता ईःले पाँच पृष्ठको मागपत्र बुझाएका छन्। मागपत्र सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू मागप्रति सकारात्मक रहेको बताएका छन्।

अभियन्ता ईः ले माघ २८ गते लुम्बिनीबाट पैदलयात्रा थालेका थिए।

७ फागुन, २०८०, १९:०३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।