कलाकार शिवहरि पौडेलको हिजोको कुरा : बिहेको मिति थाहा नपाउँदा तीन दिनअघि नै जन्ती गयौँ, रातभरी कुन्यूको बास

कलाकार शिवहरि पौडेलको हिजोको कुरा : बिहेको मिति थाहा नपाउँदा तीन दिनअघि नै जन्ती गयौँ, रातभरी कुन्यूको बास

अमलेखगञ्जमा जन्मिएका हुन् हास्य कलाकार तथा निर्देशक शिवहरी पौडेल। नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी समेत रहेका उनले दर्जनौं फिल्म तथा टेलिफिल्ममा अभिनय गरिसकेका छन्। उमेरले ५७ टेकेका उनी दुई दशकअघि टेलिश्रृंखला ‘देवी’ मा ‘पूर्णे’को पात्र निभाएपछि दर्शकमाझ परिचित भए। पुराना दर्शकमाझ अझै उनी त्यहि पात्रबाट चिनिन्छन्। यद्यपि उनी आफैँले लेखन तथा निर्देशन गरेको हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ने उनलाई झनै परिचित गरायो। त्यहाँको उनको एउटा थेगो थियो, ‘प्वाक्क मुखाँ हान्नु जस्तो’। अहिले पनि बाटोमा कोही दर्शक भेटे उनलाई नाम भन्दा पनि थेगोले नै बोलाउने गर्छन् अनि जिस्काउँछन् पनि ‘प्वाक्क मुखाँ हान्नु जस्तो’ भन्दै। टेलिफिल्म तथा फिल्ममा समेत उनले लेखन तथा निर्देशन गरेका छन्। पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘लक्का जवान’ प्रदर्शन भइसकेको छ। उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा उनले आफ्ना व्यक्तिगत र कालकारिता प्रवेश गर्दाका दिनहरू सम्झिएका छन्।

बाल्यकालमा चन्चले 
दश जना छोराछोरीमा दशौं नम्बरको हुँ म। सानैबाट चन्चले स्वभावको थिएँ। एकै ठाउँमा अडिएर बस्नै नसक्ने, हिँडिरहनुपर्ने अनि चकचक र उपद्रो गरिरहनुुपर्ने स्वभावको। बढी चाहिँ रुख चढ्नुपर्ने, खेतको कान्लाबाट हाम्फाल्नुपर्ने यस्तै-यस्तै खालको। कलिलो अनि हरियो बोडी असाध्यै मनपर्थ्यो मलाई, कतै बारीमा देख्यो कि टिपेर खाइहाल्थेँ।

एकपटक यसरी नै खाँदा छिमेकीले नमज्जाले कुटेका छन्। बोडी टिपेर बारीमा लुकेर खाइरहँदा देखेर छिमेकीले देखेर चुँडिएला झैँ गरी कान निमोठेका छन्। त्यो बेला म त्यहि ६/७ वर्षको थिएँ होला। अबदेखि मेरो बारीमा छिर्छस् कि छिर्दैनस् भनेर नै कुटेको हो। यो बाहेक मैले खासै कुटाइ खाएको छैन। आमालाई पिरिरहने भएपछि घरमा चाहिँ बुवाले दुईपटक नमज्जाले कुट्नुभएको याद छ।

स्कुलको कुरा गर्ने हो भने हाम्रो घरबाट तीन किलोमिटर टाढा थियो। तराईबासी हेडसर हुनुुहन्थ्यो एकजना, हुन त सबै तराईबासी नै हुनुहुन्थ्यो शिक्षकहरू। म पनि अमलेखगन्जमा नै ७ कक्षासम्म पढेको हो। पछि यता हेटौंडामा पढेको हो। बाँकी उच्च शिक्षा चाहिँ पाटन बहुमुखी क्याम्पसमा पढेको हो।

खाजा खानको लागि मंगलबार र शनिबार पारेर मन्दिरको थानमा जान्थ्यौं अनि त्यहाँ चढाएको पैसा लिन हारालुस गर्थ्यौं। ५ पैसा, १० पैसा, सुकी चढाएको हुन्थ्यो। अनि त्यहि पैसाले खाजा खान्थ्यौँ भाको बेलामा। नभाको बेलामा भोकै।

स्कुल लाइफमा हामी दुईजना एकदमै मिल्ने साथी थियौँ। अरु होमवर्क गरेर नल्याउने खाल्का थिएनन्। सरको डरले अलिअलि गरेर ल्याउने गर्थे। हामी दुई जना चाहिँ होमवर्क पूरै गरेर ल्याउथ्यौँ। होमवर्क नल्याउनेहरूले चाहिँ कुटाई खान्थे। त्यो बेलामा के थियो भने सरले हात थाप भन्ने हातमा लठीले हान्ने। हात नै रातो हुन्थ्यो। हातमा सरले ठेला उठाइदिने, कुखुरा बन्न लाइदिने, के-के गर्थे-गर्थे।

कहिलेकाहीँ म पनि होमवर्क गर्न बिर्सिन्थेँ, त्यो दिन घरबाट पढ्न जाने भनेर निस्किए पनि स्कुल भने नपुग्ने। बाटोमा जंगल पर्थ्यो, त्यहिँ बसेर अमला, जामुन लगायत खानेकुराहरू खाने अनि अरु साथीहरू स्कुलबाट फर्कँदा सँगै घर फर्कने। एक दिन स्कुल नगएपछि डर हुन्थ्यो, तीन चार दिनसम्म नगए त सर नै घरमा आइपुग्थे।

शिक्षकले सोध्दा अगाडिकैलाई सोध्ने भएकाले म सधैँ पछाडिको बेच्नमा बस्थेँ। होमवर्क गरेपनि कहिलेकाही शिक्षकहरू टेम्परमा आए भने अगाडि बस्नेले नै पिटाइ भेट्थे, त्यहि भएर पनि हामी पछाडि बस्थ्यौं। सरले पढाएको बेला मेरो दिमागमा केहि घुस्दैनथ्यो। परीक्षा आउने केहि एक महिना अघिदेखि भने टुपी कसेर पढ्थेँ। त्यसरी पढ्दा पास चैँ भइन्थ्यो।

पाँच कक्षासम्म त कक्षामा विद्यार्थी भरिभराउ नै हुन्थे। तर त्यसपछि भने एउटा कक्षमा ७/८ जना मात्र विद्यार्थी हुन्थ्यौँ। कक्षा ५ सम्म सेक्सन नै छुट्याइएको हुन्थ्यो, ६ र ७ को चाहिँ हुँदैनथ्यो। त्यो समयमा महिनावारी फि तिर्नुपर्थ्यो, गरिबीका कारण पैसा तिर्न नसक्ने भएपछि पाँच कक्षापछि पढ्दैनथे। अनि अर्को कुरा ‘काम गर्नुपर्छ, पढ्ने भनेको त बाहुनले मात्र हो’ भन्ने मानसिकताका कारण पनि छोराछोरीलाई पढाउन पठाउँदैनथे।

संस्कृतको पढाइ हुन्थ्यो विद्यालयमा त्यो बेला। संस्कृत र अंग्रेजी पढ्नाको गाह्रोले नै कतिपय साथीहरू विद्यालय जान मान्दैनथे। मैले थाहा पाउँदा र हाम्रो कक्षामा पनि छोरी मान्छेहरू पनि पढ्थेँ। तर थोरै मात्रामा। म सात कक्षापछि हेटौंडामा पढ्न आए। त्यहाँ भने विद्यार्थीहरू थुप्रै थिए।

दशैंमा नयाँ लुगा लगाउन पाइन्छ भनेर दङ्ग परेर बस्यो, बुवाले त्यहि स्कुलकै ड्रेस ल्याइदिने। दशैंपछि स्कुल जाँदा काम लाग्छ भनेर। एक्स्ट्रा कपडा लगाको त मैले एसएलसी पास गरेपछि मात्र हो।

स्कुल पढ्न जाँदा खाजा खान पाइन्नथ्यो। विहान खाएको भातले बेलुकासम्म अडिनुपर्थ्यो। किनभने अहिलेको जस्तो पैसा नहुने र किन्नका लागि यतिका पसल पनि नहुने। अनि खाजा खाने पैसा नभएपछि हामी आफैँ जुटाउँथ्यौ कहिलेकाहिँ। यसो मंगलबार र शनिबार पारेर मन्दिरको थानमा जाने अनि त्यहाँ चढाएको पैसा लिन हारालुस गर्थ्यौँ।। ५ पैसा, १० पैसा, सुकी चढाएको हुन्थ्यो। अनि त्यहि पैसाले खाजा खान्थ्यौँ भाको बेलामा। नभाको बेलामा छैन।

त्यो बेला चिया-बिस्कुट अनि भुजामा शखरको लड्डु बनाएर राखेको खाजा हुन्थ्यो। अनि चना, केराउहरू भुटर राखेको हुन्थ्यो, स्कुल अगाडि नाङ्लो पसलमा। त्यो समयमा ललिपपजस्तो चकलेटहरू हुन्थ्यो, सिन्कामा गाडेको। त्यसरी खाँदा पनि भोक मथ्र्यो। सायद गतिलो भएर होला। धेरै पैसा पर्दैनथ्यो, पाँच पैसामा आउँथ्यो। त्यो समयमा पसलमा फुलौरा, मालपुवाहरू बेच्न राखिन्थ्यो। त्यो बेलामा एउटा मालपुवाको १० पैसा लिन्थ्यो।

लुगा नै स्कुलको ड्रेस
त्यो बेला वर्षमा एक जोर लुगा किनिदिनुहुन्थ्यो, त्यो पनि दशैंमा अनि स्कुल जाने ड्रेस। दशैंमा नयाँ लुगा लगाउन पाइन्छ भनेर दङ्ग परेर बस्यो, बुवाले त्यहि स्कुलकै ड्रेस ल्याइदिने। दशैंपछि स्कुल जाँदा काम लाग्छ भनेर। त्यो बेला स्कुलको ड्रेस निलो हाफ पेन्ट र हरियो सर्ट हुन्थ्यो। त्यसमा हरियो सर्ट अनिवार्य रूपमा लाउनै पर्ने अनि तल्तिर चाहिँ हाफ पेन्ट वा पेन्ट लगाउनुपर्थ्यो। पाइजामा लगाएर हिँड्न नजान्दा धेरै पटक लडेर अनुहार ताछेको छु। त्यो बेला मैले एसएलसीसम्म स्कुलको ड्रेस र पाइजामा लगाएर नै पास गरेँ। एक्स्ट्रा कपडा लगाको त मैले एसएलसी पास गरेपछि मात्र हो। नत्र जहाँ जाँदा पनि सबै स्कुलका ड्रेसमा नै हुन्थेँ।

स्कुलमा गीत गाउँथे
स्कुलमा सधैँ शुक्रबारको दिन अतिरिक्त क्रियाकलापको कार्यक्रम हुन्थ्यो। शुक्रबार एक बजे स्कुल बिदा हुने अनि १२ बजेदेखि स्कुलको चौरमा सबै विद्यार्थी जम्मा भएर गीत गाउने अनि नाच्ने गरिन्थ्यो। आफूसँग जे प्रतिभा छ, त्यो देखाउनुपर्थ्यो। त्यसमा मैले चाहिँ धेरैजसो गीत गाउँथे। त्यहि कारण होला, ४३ सालमा रेडियो नेपालमा गीत गाउँदा ‘ग’ श्रेणीको प्रमाणपत्र पनि पाएँ। थुप्रै गायक गायिकाहरूको लोकगीतमा कोरस पनि गाएको छु मैले। यद्यपि रुचि भने आधुनिक गीतमा थियो मेरो। त्यहि प्रेरणाले गर्दा होला अहिले पनि २/३ वटा गीत रेकर्ड गरेको छु। जुन आफ्नै युट्युब च्यानलमा राखेको छु।

गाडीका नम्बर याद हुन्थेँ
त्यो बेला गाडीहरू एकदमै कम चल्थे। कुन गाडी आयो र त्यो गाडीको नम्बर कतिको हो भन्ने सबै थाहा हुन्थ्यो। बसभन्दा पनि त्यो समयमा धेरै जसो ट्रकहरू चल्थेँ। परबाट कुनै गाडी आयो भने कति नम्बर हो भनेर बाजी राख्ने गर्थ्यो। त्यसरी बाजी राख्दा-राख्दा ती बाटोमा हिँड्नेजति सबै गाडीको नम्बर कन्ठै हुन्थ्यो।

गाडी चढ्न पाउँदा हामीहरू सिधै छतमा जान्थ्यौँ। छतबाट चारैतिर रमाइलो दृश्य हेर्दै हिँड्न मजा आउँथ्यो। पछि हेटौंडाबाट काठमाडौं आउँदाजाँदा पनि छतमै बस्थेँ। त्यो बेला यतिको बाक्ला गाडी थिएनन्। मेरो गाउँमा साथीको बुवा ड्राइभर हुनुहुन्थ्यो। उहाँ धेरै जसो अमलेखगन्ज-काठमाडौं गर्नुहुन्थ्यो।

इखले पहिलो तलबले साइकल
त्यो बेला धेरैजसोको साइकल हुन्थ्यो। हामी त त्यो साइकल पनि किन्न नसक्ने। अनि एउटा साथीको साइकल थियो। उसलाई उकालामा राखेर हामी साइकल पछाडिबाट धकेल्थ्यौँ। अनि ओलारोमा चढ्थ्यौँ। उसलाई पाँच पल्ट ठेलेर माथि पुर्याएपछि ऊ साइकलमा सरर जाने। त्यति गरेपछि बल्ल हामीलाई एकपल्ट चढ्न दिन्थ्यो। त्यो गर्दा-गर्दा हत्तु भइसकेको थिएँ।

जागिर खान पनि सजिलो थियो त्यो बेला। घरमै जागिरको अफर आएको अनि पढ्ने समय मिलाइ दिउँला भनेपछि मैले हुन्छ भनेँ।

म आयल निगममा जागिर खान थालेपछि दुई महिनाको तलब र सरसापट मिलाएर ४ सयको साइकल किने। मैले २०३८ साल भदौ १ गतेदेखि दिनको १० रुपैयाँ ज्यालादारीमा काम गरेँ। त्यहिँ पैसा जम्मा गरेर पहिलो महिनाको तलबले वीरगञ्जमा गएर साइकल किनेँ। त्यहि किनेको दिन नै ३० किलोमिटर साइकल चलाएर घर आइपुगेको छु।

साइकलको रेट त्यो बेला २ सय ५० र तीन सय रुपैयाँ थियो। चार सय रुपैयाँमा चाहिँ हिरो साइकल आउँथ्यो। पहिलो महिनाको तलब तीन सय र अर्को महिनाको १५ दिनको पैसाले हिरो साइकल किनेको हो मैले।

नपुगेको पैसा साथीसँग सापटी मागेर किनेको थिएँ। अनि दोस्रो महिनाबाट चाहिँ आधा तलब बुवालाई दिन थालेँ। अनि मलाई अस्थायी बनाइदियो हाकिमले। अनि मेरो तबल ३ सय ३० रुपैयाँ भयो। त्यसपछि विस्तारै ५ सय ३२ रुपैयाँ ७५ पैसा भयो। त्यसपछि म काठमाडौं आए।

घरैमा आएर जागिरको अफर 
त्यो बेला अहिलेको जस्तो लोकसेवा आयोगको परीक्षा दिनुपर्दैनथ्यो। आयल निगमको हाकिमले घरैमा आएर मलाई अफर गर्नुभएको थियो। मैले एसएलसी दिनै बाँकी थियो। त्यो बेला म एसएलसीको लागि टेष्ट पास गरेर घरैमा बसेको थिएँ। त्यो बेला टेष्ट दिएपछि डेढ महिना र एसएलसी दिएपछि छ महिना खाली हुन्थ्यो।

एसएलसीको लागि स्कुलमा टेष्टमा बसेको बेला आयल निगमका हाकिम इभिनिङ वाल्क गर्दै हाम्रो घरतर्फ आउनुहुन्थ्यो। त्यो बेलामा मेरो दाजु विजय पौडेलले एसएलसी पास गरेको हुनाले दाजुलाई धेरैले चिन्थेँ। अनि विजयको भाइले एसएलसी दिन लागेको छ रे भन्ने कुरा थाहा पाएर ती हाकिमले जागिर खान्छौ त भन्ने कुरा गरेपछि खाएँ।

मैले उनलाई ‘ल आजबाट तिमी मेरो श्रीमती भयौ, अब सुख-दुःख एकअर्कालाई सहयोग गरेर अगाडि बढ्नपर्छ।’ भनेको थिएँ। उनले पनि ‘साथ दिन्छु’ भनिन्। सबै गरेर बिहेमा दुई सय रुपैयाँ खर्च भएको थियो।

त्यो बेला आयल निगमको कार्यालय जंगलको छेउमा थियो। जंगलमा भएर मान्छेहरू खासै जागिर खान जाँदैनथे। जहाँ जागिर खान पनि सजिलो थियो त्यो बेला। घरमै जागिरको अफर आएको अनि पढ्ने समय मिलाइ दिउँला भनेपछि मैले हुन्छ भनेँ। लोड गर्न आउने ट्याङ्करलाई भौचर काट्ने, दर्ता चलानी गर्ने मेरो काम थियो। काठमाडौं आएपछि राष्ट्र बैंकमा जागिर खाएको हो।

अभिनयका यात्रा 
४० सालमा काठमाडौं आएर पाटन क्याम्पस भर्ना भएको थिएँ। त्यो बेला अभियान समूहले कलाकारको तालिम दिने भनेर गोरखापत्रमा सूचना छापेको थियो। अभियान समूहमा त्यो समय कृष्ण मल्ल, लय संग्रौला, श्याम राई लगायत अन्य थुप्रै हुनुहुन्थ्यो।

गोरखापत्रको सूचना देखेर एउटा साथीले जाउँ अभिनय सिक्न भन्यो, मैले पनि हुन्छ भनेँ। २५० रुपैयाँ महिनाको फि थियो। यतिबेला म राष्ट्र बैंकमा जागिर थियो, तलब थियो ७ सय १० रुपैयाँ थियो। अनि २५० को ट्रेनिङ लिन जान्थेँ। एक महिना जति ट्रेनिङ लिएपछि खाने नपुग्ने, १५० रुपैयाँको डेरा भाडा तिर्ने, २५०को अभिनयको शुल्क तिरेपछि मसँग खानका लागि पैसा नपुग्ने भयो। अनि एक महिना मात्र ट्रेनिङ लिएपछि छोड्ने निधो गरेँ।

एक दिन लय दाइ ट्रेनिङ दिने ठाउँमा आएर म एउटा टेलिफिल्म बनाउँदैछु। मलाई केटैकेटाहरू चाहिया छ भन्नुभयो। त्यसमा थुुप्रै जना थियौँ, जसमा म अलिक लामो डाइलक बोल्न सक्ने, अभियन पनि त्यहि किसिमले गर्नसक्ने भएकाले छानिएँ। टेलिफिल्ममा खेल्न थालेपछि टेलिभिजन हेर्नेले चिन्न थाले। त्यसपछि लगातार मैले ४/५ वटा उहाँको टेलिफिल्ममा काम गरेँ। निकैमा काम गरेपछि टेलिफिल्म ‘देवी’मा मौका आयो। त्यहाँबाट चाहिँ म बुष्ट भइहालेँ अनि हिट भएँ।

बेहुलाको मिति थाहा नपाउँदा तीन दिनअघि नै जन्ती गइयो
मेरो प्रेम विवाह भएको हो। दक्षिणकालीमा हामी दुई जना मात्र गएका थियौं, त्यहिँ मैले आफूले लगेको सिन्दुर दक्षिणकाली मातालाई छुवाएर उनको सिउँदोमा हालिदिएँ। पोते किन्ने पैसा नभएर त्यो दिन लगाइदिन सकिनँ। २/३ दिनपछि मात्र पोते लगाइदिएको थिएँ।

त्यो बेलामा मैले उनलाई ‘ल आजबाट तिमी मेरो श्रीमती भयौ, अब सुख-दुःख एकअर्कालाई सहयोग गरेर अगाडि बढ्नपर्छ।’ भनेको थिएँ। उनले पनि ‘साथ दिन्छु’ भनिन्। सबै गरेर बिहेमा दुई सय रुपैयाँ खर्च भएको थियो।

अब गइसकेपछि फर्किन पनि मिलेन। अनि तीन दिन विवाह नहुन्जेल त्यहिँ बसियो। दिउसोको घाम लाग्ने ठिकै थियो रातपरेपछि परालको कुन्यूमा घुर्सियो। ओड्ने ओछ्याउने पनि नपुग्ने।

आफ्नो विवाह यसरी भए पनि अरुको विवाह भने त्यो समयमा रमाइलै हुन्थ्यो। रातिको बिहे हुन्थ्यो। भोज टपरीमा नै खाने गरिन्थ्यो। कसैको घरमा प्रशस्त थाल, बटुका हुँदैनथ्यो। दुना टपरीमा नै भोज खाने हो। दिउँसोमा बिहे हुन थालेको धेरै वर्ष भएकै छैन।

झोल तरकारी हालेर टपरीमा दिदा चुहिएर भुईं हिलो हुन्थ्यो। धेरै रमाइलो हुन्थ्यो नि! मैले थाहा पाउँदा ट्रकमा जन्ती लैजाने चलन थ्यो। धेरैको बिहेमा जन्ती गएको छु म। एक पटक मेरो घर छेउको साथीको बिहेमा जन्ती जाँदाको बेग्लै कहानी छ।

मेरो साथीको विवाहमा निजगढभन्दा अलिक वर कुलुबजार भन्ने ठाउँमा थियो। एउटै दाजुभाईले एउटै घरको दिदी बैनी अन्माउने भन्ने कुरा थ्यो अनि अमलेखगन्जबाट ट्रकमा जन्ती गइयो। दुलाहालाई अगाडी सिट बस्थे अरु सबै पछाडि। दुलहीको घर पुग्दा सबैले हामीलाई अचम्म मान्दै हेरे। बेहुलीको घर सुनसान थियो।

कुरा बुझ्दै जाँदा बिहे त पर्सीपल्ट रैछ। दुई दिनअघि नै जन्ती बनेर पुगिएछ। बेहुलाका बुवाआमाले मिति बिर्सिनाले त्यस्तो भएको रैछ। अब गइसकेपछि फर्किन पनि मिलेन। अनि तीन दिन विवाह नहुन्जेल त्यहिँ बसियो। दिउसोको घाम लाग्ने ठिकै थियो रातपरेपछि परालको कुन्यूमा घुर्सियो। ओड्ने ओछ्याउने पनि नपुग्ने।

तीन दिनपछि बेहुली लिएर घर फर्किएका थियौँ। त्यो बेलामा त्यस्तो समेत भएको थियो। अहिलेको जस्तो फोन, मिति सबै थाहा हुदैनँथ्यो।

१८ माघ, २०८०, १३:४१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।