मंगलबार १० चैत, २०८२
कुलोको बन्मारा घारीमा लगेर १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ
काठमाडौं : १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
भोजपुरको षडानन्द नगरपालिका–८, सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उनलाई इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८, आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
माघ १७, २०८० बुधबार १३:३८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।