मधेशी जनतामाथि दमन गरेको भन्दै जनमतद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

मधेशी जनतामाथि दमन गरेको भन्दै जनमतद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं : जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टी प्रदेश संसदीय दलका नेता तथा शिक्षामन्त्री महेशप्रसाद यादवले आज एक विज्ञप्ति जारी गर्दै सरकार छाडेको जानकारी दिए।

पार्टीले जसपा नेतृत्वको मधेश सरकारले मधेशी जनतामाथि गरेको क्रूर दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौँ काण्ड गरेको आरोप पनि लगाएको छ।

‘चरम भ्रष्टाचार र मधेशमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्तासहित मन्त्रीद्वयको राजीनामा, दमन र भ्रष्टाचारकोविरूद्ध आन्दोलन थालिने छ,’ जनमतले भनेको छ।

९ माघ, २०८०, १८:२०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।