जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते

जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते

काठमाडौं : सप्तरीमा प्रहरी र जनमत पार्टीका नेता तथा कार्यकर्ताबीच झडप भएको छ।

प्रहरीका अनुसार आज कृषि विश्वविद्यालयको शिलान्यासका क्रममा जनमतका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको हो।

प्रहरीसँगको झडपमा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन्। प्रहरी र कार्यक्रम रोक्न आएको समूहबीच सामान्य धकेलाधकेल भएको मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलले बताए।

सामान्य विवादमै भएको झडपमा मन्त्री महेशप्रसाद यादवको नाकमा चोट लागेको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

८ माघ, २०८०, १७:३८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।