सूर्य नेपाल गोकर्ण पदकको नवौँ संस्करण सिम्खडाले जिते

सूर्य नेपाल गोकर्ण पदकको नवौँ संस्करण सिम्खडाले जिते

काठमाडौँ : सूर्य नेपाल गोकर्ण मासिक पदकको नवौँ संस्करण माधव सिम्खडाले जितेका छन्। सिम्खडाले दुई अन्डर ७० नेट कार्ड बनाएर उपाधि जितेका हुन्। प्रतियोगितामा बाबु शेर्पा ७२ अंकका साथ उपविजेता बने।

रवीन्द्र तिवारी र डा. समीर अर्याल एक ओभर ७३ रनका साथ बराबरी भए भने काउन्ट ब्याकमा तिवारी ब्याक नाइनका साथ सेकेन्ड रनरअप भएका थिए।

सूर्य नेपाल प्रालिले प्रायोजन गरेको प्रतियोगितामा ४४ गल्फ खेलाडी सहभागी थिए।

प्रतियोगिताका विजेताहरूलाई गोकर्ण गल्फ क्लबका कार्यकारी समिति सदस्य टेन्डी शेर्पाले पुरस्कार वितरण गरेका थिए।

नवौँ संस्करणपछि बाबु शेर्पा २९५ अंकका साथ लिडरबोर्डको शीर्ष स्थानमा फर्किएका छन् भने पवन विष्टले यस संस्करणमा कुनै पनि अंक जोड्न नसक्दा अग्रता गुमाए।

विष्टले कुल २८० अंक पाएका छन्। टासी डोङले १७५ अंक जोडेर तेस्रो स्थान कायम राखेका छन्।

सिम्खडा १६० अंक जोडेर चौथो स्थानमा उक्लिएका छन्। श्याम तामाङ १५५ अंकका साथ पाँचौँ र नोर्बु छिरिङ शेर्पा १५० अंकका साथ छैटौँ, अश्मांक कार्की १३० अंकका साथ सातौँ, उमेशजंग थापा र निर्मल दाहाल ११५ अंकका साथ आठौँ र सुमोद बस्ताकोटी १०५ अंकका साथ दसौँ स्थानमा छन्।

ग्रस खण्डमा वाङ्चेन धोन्डुप ४०० अंकका साथ शीर्ष स्थानमा छन्। तासी डोङ ३८५ अंकका साथ दोस्रो, विजय श्रेष्ठ ३७० अंकका साथ तेस्रो, नोर्बु छिरिङ शेर्पा ३६५ अंकका साथ चौथो र तासी छिरिङ ३४० अंकका साथ पाँचौँ स्थानमा छन्।

नेट र ग्रस विधाका लागि वार्षिक क्लब च्याम्पियनसिपको उपाधिका लागि नेटबाट शीर्ष ४० र सकल विधाबाट शीर्ष १० ले अन्तिम दुई राउन्ड अघि थप एउटा पदक राउन्ड खेलाइनेछ।

६ माघ, २०८०, १८:२०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।