रास्वपाले एकैदिनमा गर्यो ५६ वडाको अधिवेशन
![रास्वपाले एकैदिनमा गर्यो ५६ वडाको अधिवेशन](https://ukeraa.prixacdn.net/media/albums/raswapa_baithak_yHvIKILhZC.jpg )
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज एकैदिन विभिन्न जिल्लाका ५६ वडामा अधिवेशन गरेको छ।
पार्टी स्थापना भएको एक वर्षपछि वडाको अधिवेशन थालेको रास्वपाले आज बिहान ११ बजेदेखि कोशी प्रदेशका विभिन्न जिल्लाका १८ वटा वडा, बागमतीका १० वडा, गण्डकीका १६ वडा र सुदूरपश्चिम प्रदेशका ५ वटा वडाहरूमा अधिवेशन सुरू भएको हो।
मंसिर २८ देखि रास्वपाले वडाको प्रथम अधिवेशन सुरू गरेको थियो।
वडा अधिवेशनमा रास्वपाका केन्द्रीय नेताहरूको पनि उपस्थिति छ। चितवनमा उपसभापति डिपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, काठमाडौंमा गणेश पराजुली खटिएका छन्।
अन्य ठाउँमा प्रदेश समितिका सदस्यहरू खटाइएको रास्वपाले जनाएको छ।
पुष २१, २०८० शनिबार १४:३६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।