पुस २० र २१ गते काठमाडौंमा टेक्वान्दो प्रतियोगिता हुने, तीन सय खेलाडी सहभागी हुँदै

पुस २० र २१ गते काठमाडौंमा टेक्वान्दो प्रतियोगिता हुने, तीन सय खेलाडी सहभागी हुँदै

काठमाडौं : आगामी पुस २० र २१ गते ११औं राष्ट्रिय जनरल चोई स्मृति आइ.टि.एफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

काठमाडौं जिल्ला तेक्वान्दो संघ आईटीएफ र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको काठमाडौं जिल्ला तेक्वान्दो संघ आईटीएफ अध्यक्ष एवं संयोजक शंकरदेव श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार खेलाडीहरूको प्राविधिक स्तर बढाउन र खेलकुदलाई व्यावसायिक बनाउने मूल उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १०८ कास्य गरी २१६ पदक, ६ वटा ट्रफीको लागि प्रतिस्पर्धा हुनेछ।

सात प्रादेशिक तथा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबसहित नौ टोली सहभागी हुने प्रतियोगितामा देशभरबाट तीन सयभन्दा बढी खेलाडी सहभागी हुँदैछन्।

१५ पुस, २०८०, १३:५२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।