सर्वोच्चले डा. पौडेललाई वीर अस्पतालबाट हटाउनुको कारण माग्यो

सर्वोच्चले डा. पौडेललाई वीर अस्पतालबाट हटाउनुको कारण माग्यो

काठमाडौँ : सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउनुको देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बिहीबार विपक्षी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाएको छ।

 पौडेल एमालेको सदस्यमा कायम रहेको भन्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा. मंसिर १४ गते मन्त्रिस्तरिय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएर स्वास्थ्य मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए।

वीरबाट हटाइएपछि डा. पौडेलले अस्पतालमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।. पौडेललाई निर्देशकबाट हटाएको पत्रमा मन्त्रीले के कारणले हटाएका हुन् भन्ने खुलाइएको छैन। तर, डा. पौडेल अस्पतालको निर्देशक पदमा बहाल रहैकै बेला एमालेको सदस्य भएको देखिएको भन्दै उनलाई मन्त्री बस्नेतले निर्देशकबाट हटाएका थिए।

डा. पौडेललाई हटाएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र कुमार बस्नेतले उपकुलपति स्तरीय निर्णय गर्दै एक हताअघि डा. श्रवण कुमार थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन्।

तर, डा. थापालाई उनले आर्थिक अधिकार भने दिएका छैनन्।

२८ मंसिर, २०८०, १९:४३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।