त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्।

गएराति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका गोरखाका चन्द्र बहादुर घलेलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

भन्सारको टोलीले पक्राउ गरेको घलेको साथबाट २ केजीका दरले ७ वटा विस्कुट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डेढ हप्ताअघि मात्र दुबई गएका उनी यस वर्ष मात्र तेस्रोपटक दुबई गएका अध्यागमन कार्यालयको रेकर्डमा उल्लेख छ।

थप अनुसन्धानका क्रममा उनले मिनबहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि प्रहरीले धुम्बाराहीबाट मिनबहादुरलाई पक्रेको छ।

मंसिर २२, २०८० शुक्रबार ०८:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।