बेलायतमा पोर्न वेबसाइट हेर्न अनुहार स्क्यानिङ अनिवार्य

बेलायतमा पोर्न वेबसाइट हेर्न अनुहार स्क्यानिङ अनिवार्य

लण्डन : बेलायतको मिडिया एण्ड कम्युनिकेसन रेगुलेटरी अथोरिटी अफकमले पोर्न वेबसाइट हेर्नेहरूका लागि छ वटा नयाँ र कडा नियम बनाएको छ।

१८ वर्ष मुनिका व्यक्तिले त्यस्ता वेबसाइट ‘लगअन’ नगरुन् भनेर यस्तो नयाँ नियम ल्याइएको बेलायतका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

नयाँ नियमहरूमा प्रयोगकर्ताले वेबसाइट खोल्नुअघि अनुहार स्क्यानिङ सेल्फी लिनुपर्नेछ।

तर, साइबर विज्ञहरूले सरकारको यो कदम गलत भएको भन्दै आलोचना गरिरहेका छन्। यसबाट पोर्न वेबसाइटहरूले प्रयोगकर्ताको डाटाको दुरुपयोग गर्ने विज्ञहरूको मत छ।

अफकमले मंगलबार जारी गरेको विज्ञप्तिमा नयाँ नियमबारे जानकारी दिइएको हो। नयाँ नियम अनलाइन सुरक्षा ऐन अन्तर्गत बनाइएको छ। यसमा केही महत्वपूर्ण कुराहरू छन्।

उदाहरणका लागि अब पोर्नोग्राफिक वेबसाइटसँगै प्रयोगकर्ताको जिम्मेवारी पनि तोकिएको छ। प्रयोगकर्ताले १८ वर्ष वा सोभन्दा बढी उमेर भएको प्रमाणित गरेपछि मात्र वेबसाइट खोल्ने अनुमति प्राप्त गर्न सक्नेछन्।

यसका लागि फोटो आईडी मिलाउन आवश्यक हुनेछ। जारी गरिएको ऐनको मस्यौदा अनुसार बालबालिकालाई पोर्नोग्राफीको जालबाट बचाउनु यस अभ्यासको उद्देश्य रहेको छ।

यदि प्रयोगकर्ताले फोटो आईडी मिलाउन कागजातको रूपमा राहदानी अपलोड गर्दछ भने, अनुहार स्क्यानिङ सेल्फीमार्फत उनको उमेर जाँच गरिनेछ।

प्रयोगकर्ता वास्तवमा एउटै व्यक्ति हो वा कसैले कागजातको दुरुपयोग गरिरहेको छ कि छैन भनेर पनि निर्णय गरिनेछ।

वेबसाइटहरूले तिनीहरूको प्रविधि सही, सुरक्षित र भरपर्दो छ र यसले प्रयोगकर्ताको वास्तविक उमेर र पहिचान निर्धारण गर्न सक्छ भनी प्रमाणित गर्नुपर्छ।

वेबसाइटहरूले तिनीहरूको प्रविधि सही, सुरक्षित र भरपर्दो छ र यसले प्रयोगकर्ताको वास्तविक उमेर र पहिचान निर्धारण गर्न सक्छ भनी प्रमाणित गर्नुपर्छ।

अफकमका प्रमुख कार्यकारी मेलानिया डावेसले अहिलेसम्म पोर्नोग्राफी वेबसाइटहरू पहुँच गर्न धेरै सजिलो रहेको र यसलाई परिवर्तन गर्ने निर्णय गरिएको बताइन् ।
 

मंसिर २१, २०८० बिहीबार ०९:५१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।