आइशर र सिद्धार्थ इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

आइशर र सिद्धार्थ इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

काठमाडौं : नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लु. कमार्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।

काठमाडौंस्थित बतास एम.ए.डब्लु.को मुख्य कार्यालयमा आयोजित एक समारोहमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

क्यासलेस योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन्।

क्यासलेस इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ, बाँकी रकम बिमा कम्पनी र बतास एम.ए.डब्लु.बीच कारोबार हुनेछ।

दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्ने कम्पनीको दाबी छ।

मंसिर २०, २०८० बुधबार ०९:००:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।