घरायसी विवादमा घाँटी थिचेर श्रीमानको हत्या, श्रीमती पक्राउ

घरायसी विवादमा घाँटी थिचेर श्रीमानको हत्या, श्रीमती पक्राउ
सांकेतिक तस्बिर

उदयपुर : त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनी श्रीमानकाे हत्या अभियोगमा पक्राउ परेकी छन्।

६० वर्षीय श्रीमान् श्याम कुमार राईको हत्या गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो।

श्याम गत शनिबार साँझदेखि बेपत्ता रहेको भन्ने खबर आएपछि प्रहरीले उनको खाेजी र अनुनसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा निर कुमारीले घरायसी विवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका निर कुमारीले हत्यापछि घर नजिकै जंगलमा माटोले पुरि स्याउलाले छोपेर राखेकाे अवस्थामा श्याम कुमारको शव शव भेटिएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मंसिर २०, २०८० बुधबार ०८:२२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।