नवराज विक घटनामा २४ जनालाई जन्मकैद, प्रेमीका र आमा छुवाछुतमा दोषी

नवराज विक घटनामा २४ जनालाई जन्मकैद, प्रेमीका र आमा छुवाछुतमा दोषी

काठमाडौँ : नवराज विक हत्या घटनामा २४* जनालाई जन्मकैदको सजाय भएको छ। आठ जनाले सफाइ पाएका छन्।

घटनामा संलग्न विककी प्रेमीका र उनकी आमा जातीय छुवाछुतमा दोषी ठहर भएर दुई वर्ष कैद सजाय पाएका छन्। लखेटेर बगरमा पुर्याई हत्या गरेको अभियुक्तमध्येका २४ जनाले भने जन्मकैदको सजाय पाएका छन्।

जाजरकोटको भेरी नगरपालिका– ८ रानागाउँमा प्रेमीका लिन जाँदा गाउँलेले लखेट्दा नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो। अनुसन्धानमा उनको हत्या भएको खुलेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। मंगलबार रुकुम जिल्ला अदालतले नवराज घटनामा फैसला सुनाएको हो।

*प्रारम्भमा २३ जना भनिएकोमा पछि सूचना अधिकारीबाट २४ जनालाई जन्मकैद भएको पुष्टी भएकाले सच्याएर २४ बनाइएको छ।

मंसिर १९, २०८० मंगलबार १८:४७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।