एकीकृत समाजवादीको महाधिवेशन जेठमा सर्यो, माघमा राष्ट्रिय सम्मेलन गर्ने

एकीकृत समाजवादीको महाधिवेशन जेठमा सर्यो, माघमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौँ : एकीकृत समाजवादीले आगामी माघमा तोकेको महाधिवेशन जेठमा सारेको छ। मङ्गलवार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकेको महाधिवेशन जेठ ३ देखि सातसम्म गर्ने निर्णय गरेको हो।

बैठकले महाधिवेशनमा पेस गर्ने दस्तावेजको मस्यौदा गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति समेत बनाएको छ।

महाधिवेशन गर्ने भनेर माघमा तोकिएको मितिमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। राष्ट्रिय सम्मेलनका लागि बैठकले उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल समेत बनाएको छ।

मंसिर १९, २०८० मंगलबार १५:४३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।