गाई गोठमा मल सोहोर्दै गरेका ७० वर्षीय वृद्धको खुकुरीले हानेर हत्या, एक जना पक्राउ

गाई गोठमा मल सोहोर्दै गरेका ७० वर्षीय वृद्धको खुकुरीले हानेर हत्या, एक जना पक्राउ
सांकेतिक तस्बिर

सुनसरी : ईटहरी उपनहानगरपालिका-२ शान्तझोडास्थित राई टोल बस्ने ७० वर्षीया मधुमाया पुरीको हत्या अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष राई रहेका छन्। राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरी चौकी तरहराले जनाएको छ।

आफ्नै घर नजिक रहेको गाईगोठमा मल सोहोर्दै गरेको अवस्थामा राईले पछाडिबाट खुकुरी प्रहार गर्दा पुरी गम्भीर घाइते भएका थिए।

पुरीको तरहरा सामुदायिक अस्पताल तरहरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहरा र प्रहरी बिट शान्तिझोडाबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

मंसिर १९, २०८० मंगलबार १४:०८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।