रविलाई गृह मन्त्रालय अफर गरेका प्रचण्डको दाबी' मन्त्रिपरिषद् पुनर्गठन मेरो दिमागमै छैन'

रविलाई गृह मन्त्रालय अफर गरेका प्रचण्डको दाबी' मन्त्रिपरिषद् पुनर्गठन मेरो दिमागमै छैन'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको नेतृत्वसहित सरकारमा आउन निमन्त्रणा दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको दाबी गरेका छन्।

रास्वपाको केन्द्रीय र संसदीय समितिको बैठक अगाडि प्रधानमन्त्री प्रचण्डले लामिछानेसँग बालुवाटार निवासमा ब्रेकफास्ट मिटिङ गरेर सरकारमा आउन निमन्त्रणा दिएका थिए।

आइतबार युएई भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नभएको भन्दै यो बाहिर हल्ला फिँजाउन मात्र भएको दाबी गरे।

जबकि प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठनबारे आफ्नै पार्टीका नेता तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत छलफल गरेका थिए। छलफलमा श्रेष्ठ प्रचण्डसँग रिसाएका थिए।

'गृहमन्त्री हट्ने भन्ने कुरा धेरै भयो। तर अहिले कुनै त्यस्तो हामीले गठबन्धन भित्र छलफल छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, मेरो दिमागमै छैन' उनले दाबी गरे।

मंसिर १७, २०८० आइतबार २१:३९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।