भारतको चार राज्यमध्ये तीनमा भाजपा अगाडि

भारतको चार राज्यमध्ये तीनमा भाजपा अगाडि

एजेन्सी : भारतको चार प्रदेशमा भएको विधान सभा निर्वाचनमा तीन प्रदेशमा भारतीय जनता पार्टीले अग्रता लिएको छ। मध्य प्रदेश, राजस्थान, छत्तिसगढ र तेलंगानामा भएको विधान सभाको प्रारम्भिक मत परिणाममा तीन प्रदेशमा भाजपा अगाडि देखिएको छ।

मध्य प्रदेशमा भाजपा कांग्रेससहितको गठबन्धनभन्दा धेरै अगाडि छ। २ सय ३० विधान सभा सिट रहेको मध्य प्रदेशमा भाजपाले एक सय ६१ सिटमा अग्रता लिएको छ।

एक सय ९९ सिट रहेको राजस्थानमा पनि भाजपाले नै अग्रता लिएको छ। भाजपा ९९ सिटमा अगाडि छ भने कंग्रेस ६७ सिटमा अगाडि देखिएको छ।

छत्तिसगढमा पनि ५५ सिटमा अग्रता लिएर भाजपा अगाडि छ। जम्मा ९० सिट रहेको छत्तिसगढमा बहुमतका लागि ४६ सिट भए पुग्छ। छत्तिसगढमा भाजपा पराजित हुने आँकलन गरिएको थियो। कांग्रेससहितको गठबन्धन ३२ सिटमा अग्रता लिइरहेको छ।

तेलंगानामा भने कंग्रेससहितको गठबन्धनले ६४ सिटमा अग्रता लिएको छ। एक सय १९ सिट रहेको यो प्रदेशमा सरकार बनाउन ६० सिट चाहिन्छ। भाजपाले तेस्रो स्थानमा छ। 

मंसिर १७, २०८० आइतबार १४:३५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।