फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

एजेन्सी : फिलिपिन्समा शनिबार राति ७.६ रेक्टर स्केटको शक्तिशाली भूकम्प गएको छ।

फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्रमा राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प २० माइलको गहिराइमा गएको थियो।

भूकम्पछि स्थानीयले खाली चौर र सडकमा रात बिताएका थिए। भूकम्पपछि त्यहाँ प्यासिफिक सुनामी अउने चेतावनी दिएको छ।

केन्द्रले सुरूमा सुनामीका छालहरू दक्षिणी फिलिपिन्स, इन्डोनेसिया, पलाउ र मलेसियाका केही भागहरूमा पुग्ने अपेक्षा गरेको थियो।

तर, पछि सुनामीको खतरा सुरूमा डराएको जस्तो गम्भीर नभएको घोषणा गरेको छ।

भूकम्पले के कति भौतिक तथा मानवीय क्षति गर्यो सो बारे थप विवरण आउन बाँकी छ।

मंसिर १७, २०८० आइतबार ११:०८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।