प्यालेसटाइनीहरूलाई युद्ध क्षेत्र छोडेर जान इजरायलको आग्रह

प्यालेसटाइनीहरूलाई युद्ध क्षेत्र छोडेर जान इजरायलको आग्रह

काठमाडौं : इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनीहरूलाई युद्ध क्षेत्र छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा सुरक्षित स्थानमा सार्न प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचाय आद्राइले आग्रह गरेका हुन्।

सुहाइलामा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई पनि रफाहमा सर्न भनिएको छ। इजरायली सुरक्षा बल आइडीएफले युद्धविराम समाप्त भएपछि गाजा पट्टीमा फेरि आक्रमण सुरू भएको थियो।

अर्कोतर्फ, इजरायल–प्यालेस्टिनी तेल बजारले लामो समयदेखि युद्धको भारी मूल्य चुकाउँदै आएको छ। जारी इजरायल–हमास युद्धले विश्व अर्थतन्त्रलाई सुस्त बनाउने अपेक्षा गरिएको छ।

अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि नै तेलको मूल्य प्रति ब्यारेल करिब ५ डलरले बढेको छ। आईएमएफका अनुसार तेलको मूल्यमा १० प्रतिशतले वृद्धि भएमा विश्वको वृद्धिदर ०.१५ प्रतिशतले घट्न सक्छ।

मंसिर १७, २०८० आइतबार ०८:१७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।