मूलपानी, विराटनगर र भरतपुरमा क्रिकेट स्टेडियम चाँडै बन्ने खेलकुद मन्त्रीको दाबी

मूलपानी, विराटनगर र भरतपुरमा क्रिकेट स्टेडियम चाँडै बन्ने खेलकुद मन्त्रीको दाबी

काठमाडौँ : युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले तीन स्थानमा क्रिकेट स्टेडियम बनाउने बताएका छन्। सरकारले मूलपानी, विराटनगर र भरतपुरमा क्रिकेट स्टेडियम बनाउने बताएका हुन्।

सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप २०२३ को समारोहमा बोल्दै उनले स्टेडियम निर्माणलाई राष्ट्रिय गौरवका योजनाहरूभित्र समावेश गरिएको जानकारी दिए।

‘अहिले नेपाल सरकारले मूलपानी, विराटनगर र भरतपुरमा खेलको लागि स्टेडियम निर्माण गर्ने निर्णय गरिसकेको छ' उनले भने'त्यो स्टेडियम राष्ट्रिय गौरवका योजनाहरूभित्र समावेश गरिएका छन्। ती सम्पन्न भएपश्चात् नेपालको खेलस्तर बढ्ने छ।'

खेल क्षेत्रको विकाससँगै नेपाली खेलाडीहरूको खेलको स्तर, सेवा र सुविधा वृद्धि गरेर अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको उनको दाबी छ।

विभिन्न देशबिचको प्रतिस्पर्धा, प्रतियोगिताबाट नेपाली खेलाडीहरूलाई नयाँ विषय सिक्ने अवसर प्राप्त हुने उनले बताए।

१६ मंसिर, २०८०, १४:३२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।