युद्धविरामपछि फेरि सुरु भएको युद्धमा १७८ प्यालेस्टाइनीको मृत्यु

युद्धविरामपछि फेरि सुरु भएको युद्धमा १७८ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी : सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि सुरू भएको युद्धमा १७८ प्यालेस्टाइनीको मृत्यु भएको छ।

इजरायलले गाजामा पुनः बमबारी सुरू गरेपछि अहिलेसम्म १७८ प्यालेस्टाइनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायल र हमास दुवैले एक-अर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन्।

इजरायलले पनि २०० ‘आतंकवादी क्षेत्र’मा आक्रमण गरेको बताएको छ।

युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतका अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको छैन।

तर, अमेरिकाले भने अझै पनि दुईबीचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ।

मंसिर १६, २०८० शनिबार ११:५७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।