सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा

सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा

काठमाडौं : सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा विस्तार गरेको छ।

मंसिर १३ गते बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सञ्चालक रमेश कुमार पोखरेल तथा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रूपमा शाखाको उद्घाटन गरे।

समारोहमा मदनकृष्ण श्रेष्ठले पुतलीबजारमा शाखा विस्तार भएकोमा बधाई दिँदै सबल अनि विश्वसनीय बंैकको रूपमा निरन्तर विस्तार हुन शुभकामना दिए।

बैंकका सञ्चालक पोखरेलले बैंकलाई विश्वास गरि विश्वस्निय बैंकको रूपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत पान्डेले स्याङ्जामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहकलाई विश्वसनीय एवं स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन्।

मंसिर १४, २०८० बिहीबार ०९:५३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।