भूकम्प प्रभावित जाजरकोट-रुकुम पूर्वमा टहरा बनाउने प्रतिस्पर्धामा तीन दल

भूकम्प प्रभावित जाजरकोट-रुकुम पूर्वमा टहरा बनाउने प्रतिस्पर्धामा तीन दल

जाजरकोट : विनाशकारी भूकम्पबाट घरबारहिन भएका जाजरकोट र पश्चिम रुकुमका स्थानीयवासीको ओत बनाउन अहिले राजनीतिक दलहरूबिच स्वयंसेवक परिचालन गर्ने प्रतिस्पर्धा देखिएको छ।

सत्ताधारी दल माओवादी केन्द्र, नेपाली कांग्रेस अनि प्रमुख प्रतिपक्षी दल एमालेले तत्काल चिसोबाट जोगाउन अस्थायी टहरा बनाउन पार्टी पङतीलाई स्वयंसेवकको रूपमा खटाएका छन्। बढ्दो चिसोका कारण भूकम्प प्रभावितहरू बिरामी हुन थालेका छन्।

काँग्रेसले काठमाडौँ क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलको नेतृत्वमा अस्थायी टहरा बनाउन स्वयम् सेवक परिचालन गरेको थियो। पौडेलले सय बढी टहरो बनाएर आएका छन्। अन्य स्वयंसेवक अहिले पनि जाजरकोटमै छन्।

(एमालेले पार्टी केन्द्रीय सदस्य एवम् विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा एक हजार स्वयंसेवक प्रभावित जिल्लाहरूमा खटाएको छ।

दुवै जिल्लाका ४० स्थानहरूमा  २५- २५ जनाको स्वयंसेवक टोली खटेका छन्।  एक हजार जना श्रमदानमा र ७५ जना मेस सञ्चालन रहेको पौडेलले जानकारी दिएका छन्।

प्रत्येक स्वयंसेवकलाई कम्तीमा २ हप्ता श्रमदान र हरेक टोलीलाई कम्तीमा ५० घर - टहरा बनाउने लक्ष्य दिइएको छ उनले जानकारी दिए।

जाजरकोट र रुकुम पश्चिममा विप्लव समूहका नेता/कार्यकर्ताहरू पनि परिचालित छन्। रास्वपाले पनि स्वयंसेवक घटाएको बताएको छ। 

मंसिर १४, २०८० बिहीबार ००:३८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।