भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक द्रविडसहित सपोर्ट स्टाफको कार्यकाल थप

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक द्रविडसहित सपोर्ट स्टाफको कार्यकाल थप

एजेन्सी : भारतीय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल थपिएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले द्रविडको कार्यकाल थप्ने निर्णय गरेको हो।

द्रविडसँगै टोलीका ब्याटिङ प्रशिक्षक विक्रम राठौर, बलिङ प्रशिक्षक पारस म्हाम्ब्रे, फिल्डिङ प्रशिक्षक आर श्रीधरलगायत सबै सपोर्ट स्टाफको कार्यकाल थप भएको छ।

राहुल द्रविडसहित सबै सपोर्ट स्टाफको सम्झौता हालै विश्वकपसम्म सकिएको थियो।

त्यसपछि यी पदमा कसलाई ल्याइने भन्ने अड्कलबाजी चलिरहेका बेला बीसीसीआईले उनीहरूकै समयावधि थप गरेको हो।

मंसिर १३, २०८० बुधबार १४:२६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।