तीन वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोना

तीन वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोना

एजेन्सी : बार्सिलोना तीन वर्षपछि युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा प्रवेश गरेको हो।

बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे।

१-० गोलले पछि परेको स्थितिमा बार्साले पुनरागमन जित दर्ता गरेको हो।

खेलको ३०औं मिनेटमा पोर्चुगिच क्लबका लागि ब्राजिलियिन विंगर पेपेले गोल गरेका थिए।

तर बार्सिलोनाले खेलमा फर्कन धेरै समय लगाएन। ३२औं मिनेटमै जोवाओ कान्सेलोले गोल गर्दै खेल बराबरीमा ल्याए।

पोर्टो गोलकिपर इनाकी पेनाले केही उत्कृष्ट बचाउ गरेपछि बार्साले पहिलो हाफमा अग्रता लिन सकेन।

५७ औं मिनेटमा जोवाओ फिलिक्सले गोल गर्दै जाभी हर्नान्डेजको टोलीलाई जित दिलाए।

त्यसपछि पनि उत्कृष्ट अवसरहरू निकाले पनि दुवै टोलीबाट गाेल भने हुन सकेन।

बार्साले सन् २०२०/२१ को सिजन पछि पहिलो पटक नकआउटमा चरणमा स्थान बनाएको हो।

समूह ‘एच’मा रहेको बार्सा पाँच खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ।

दोस्रो स्थानको पोर्टो र तेस्रो स्थानमा रहेको शाख्तर डोनेस्कको समान ९–९ अंक छ। समूहमा पुच्छारमा रहेको रोयल एन्टवर्पको भने कुनै अंक रहेको छैन।

मंसिर १३, २०८० बुधबार ०७:५८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।