दश वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति?

दश वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति?

काठमाडौं : २० मध्ये १० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। राष्ट्रिय वाणिज्य बैंक बाहेकका नौ बैंक पनि लाभांश घोषणा गर्ने तयारीमा छन्। त्यसमध्येका सात बैंकले बुक क्लोज गरिसकेका छन्।

राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको भएकाले लाभांश घोषणा गर्दैन। चार वटा वाणिज्य बैंकहरू एभरेष्ट, एसबिआई, सानिमा र ग्लोबल आइएमई बैंकले भने नगद र बोनस दुवै दिने भएका छन्।

लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकले यस वर्ष १३.३ प्रतिशत बोनश र ०.७ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश प्रदान गरेको छ। साथै, बैंकको बोनस शेयर बापतको रकम लगानीकर्ताको खातामा गई दोस्रो बजारमा समेत सेयर सूचीकृत भइसकेको छ।

एभरेष्ट बैंकले १० प्रतिशत शेयर र १०.५३ नगद गरी ०.५३ प्रतिशत लाभांश वितरण गरेको छ।

त्यसैगरी, एनआईसी एसिया बैंकले हालसम्म लाभांश घोषणा गरेका बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश दिने भएको छ। उसले २९ प्रतिशत शेयर १.५२ प्रतिशत नगद गरी यो बैंकले कुल ३०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो।

सानिमा बैंकले ९ प्रतिशत शेयर र ५.७ नगद गरि १४.७ प्रतिशत, नेपाल एसबिआई बैंकले ३.७५ प्रतिशत शेयर र ६.८ प्रतिशत नगद गरी १०.५५ प्रतिशत, ग्लोबल आईएमई बैंकले १ प्रतिशत शेयर र ८ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेका छन्।

यस वर्ष सिटिजन्स, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड र नबिल बैंक बोनस शेयर दिएनन्। यी बैंकहरूले क्रमशः ५.७९, ४.२१, १९, र ११ प्रतिशत नगद लाभांश दिए।

मंसिर १२, २०८० मंगलबार १४:०९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।