केपी ओली कपमा सुदूरपश्चिमले पुलिसलाई हराउँदा सेमिफाइनल पुग्यो मधेश

केपी ओली कपमा सुदूरपश्चिमले पुलिसलाई हराउँदा सेमिफाइनल पुग्यो मधेश

काठमाडौं : पोखरामा जारी केपी ओली कप टी२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको हो।

समूह ‘सी’मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो। बाँकी दुई समूह भने घर फर्किएका छन्।

यसअघि भएको समूहका दुई खेलमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८ विकेटले हराएको थियो।

अब मधेश प्रदेशले मंसिर १४ गते समूह ‘बी’ विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबसँग सेमिफाइनल खेल्नेछ।

पोखरा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो।

पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेल्दा सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए।

जितका लाग १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले खेल सकिन ८ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

सुदूरका लागि किरण ठगुन्ना अविजित रहँदै ३४ बलमा ५१ रन बनाएर अर्धशतकीय पारी खेले । नरेन साउदले ३९ तथा राजु रिजालले १९ रन बनाए।

बलिङमा पुलिसका रशिद खानले तीन तथा सागर ढकाल र सुनिल धमालले समान एक-एक रन दिए। बलरहरूले सुदूरलाई १६ रन अतिरिक्त दिएका थिए।

प्रतियोगितामा समूह डी अन्तर्गत त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीचको खेल अहिले जारी छ।

मंसिर १२, २०८० मंगलबार १३:१३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।