वर्ल्ड टेस्ट च्याम्पियसनसिपमा न्यूजिल्याण्ड र बंगलादेश सिलेटमा खेल्दै

वर्ल्ड टेस्ट च्याम्पियसनसिपमा न्यूजिल्याण्ड र बंगलादेश सिलेटमा खेल्दै

काठमाडौं : वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत न्यूजिल्याण्ड र बंगलादेशले आफ्नो पहिलो टेस्ट खेल्दैछन्।

बंगलादेशको सिलेट क्रिकेट स्टेडियममा जारी खेलको लन्चसम्म २७ ओभरको खेल भयो। जसमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले २ विकेट गुमाएर १०४ रन बनायो।

बंगलादेशका लागि नजमुद होसेन सान्तोले ३५ बलमा ३७ रन बनाएर आउट हुँदा जाकिर हसनले ४१ बलमा १२ रन बनाएर पेभेलियन फर्किए।

म्हमुदुल हसन जोय र मोमिनुल हकी क्रमशः ४२ र ३ रन बनाएर खेलिरहेका छन्। 

न्यूजिल्याण्डका ग्लेन फिलिप्स र अजाज पटेलले समान एक–एक विकेट लिए।

जारी टेस्ट डिसेम्बर २ सम्म हुँदा यी दुई टोलीबीचको दोस्रो तथा अन्तिम टेस्ट ६ देखि १० डिसेम्बरसम्म हुनेछ। 

मंसिर १२, २०८० मंगलबार १२:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।