सर्वोच्चले तत्काल टिकटकमाथिको प्रतिबन्ध हटाएन

सर्वोच्चले तत्काल टिकटकमाथिको प्रतिबन्ध हटाएन

काठमाडौँ : सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय तत्काल रोकेन। सरकारको निर्णयविरूद्ध अन्तरिम आदेश माग गर्दै ११ वटा रिट परेको थियो। तर न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी नगरी कारण देखाऊ आदेश मात्र दियो मङ्गलवार।

 मुद्दाको पूर्ण सुनुवाइका लागि मङ्सिर १९ गते  पेसी तोक्दै रिटमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ। 

सरकारले कात्तिक २७ मन्त्रिपरिषदबाट नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लगाएसँगै इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक हेर्न नमिल्ने बनाएका थिए।

मंसिर ५, २०८० मंगलबार १८:१५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।