युवा संघले मंसिर सातको प्रदर्शन तीनकुनेमा सार्‍यो

युवा संघले मंसिर सातको प्रदर्शन तीनकुनेमा सार्‍यो

काठमाडौँ : स्थानीय प्रशासनले माइतीघरदेखि नयाँबानेश्वरसम्म ३० दिन प्रदर्शन गर्न रोक लगाएपछि एमालेको युवा संघले तीनकुनेमा प्रदर्शन गर्ने भएको छ।

दुर्गा प्रसाईँले विरोध प्रदर्शन गर्न तोकेको स्थानमा युवा संघले पनि एकै दिन मंसिर सात गते विरोध प्रदर्शनको कार्यक्रम राखेको थियो।

दुवै पक्षले एकै समयमा एकै स्थानमा विरोध प्रदर्शन गर्दा झडप हुनसक्ने आशङ्कामा जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

सोमबार स्थानीय प्रशासनको निर्णय आए लगत्तै युवा संघले विज्ञप्ति निकालेर सात गते ११ बजे माइतीघरमा विरोध प्रदर्शन हुने उल्लेख गरेको छ। उता दुर्गा प्रसाईँ समूहले भने अहिलेसम्म विरोध प्रदर्शनको स्थान तोकेको छैन।

मंसिर ४, २०८० सोमबार २२:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।