विपिन जोशी गाजामा सुरक्षित

विपिन जोशी गाजामा सुरक्षित

काठमाडौं : इजरायलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ।

परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा हमास समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो।

‘उनी (विपिन) सुरक्षित रहेको पुष्टि भएको छ,’ सचिवालय स्रोतले भन्यो, ‘अब सुरक्षित रूपमा घर फर्काउने प्रयास भइरहेको छ।’

हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरायलको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।

विपिनको परिवारले, उनको खोजी र सकुशल उद्धार गर्न सरकारसमक्ष आग्रह गरिरहेको छ।

मंसिर ४, २०८० सोमबार ०७:४७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।