लुकाकूको चार गाेलमा अजरबैजानमाथि बेल्जियमको फराकिलो जित

लुकाकूको चार गाेलमा अजरबैजानमाथि बेल्जियमको फराकिलो जित

काठमाडौं : रोमेलु लुकाकुले चार गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा अजरबैजानलाई ५–० को फराकिलो अन्तरले हराएको छ।

समूह एफको शीर्ष स्थानमा रहन बेल्जियमले सानदार जित दर्ता गरेको हो। खेलको १७ औं मिनेटमा नै लुकाकूले गोलको खाता खोलेका थिए।

२४औं मिनेटमा अजरबैजानका एड्डी पास्कलले रातो कार्डको सजाय पाएपछि बेल्जियमले खेलमा एकतर्फी दबाब बनाएको थियो।

लुकाकूले खेलको २६ औं र ३० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे।

उनले १४ मिनेटमा नै ह्याट्रिक गरेका थिए। उनले टिमको लागि चौथो गोल पनि ३७ औं मिनेटमा नै गरे।

दोस्रो हाफमा उत्कृष्ट डिफेन्सिङ सेटअप बनाएको अजरबैजानविरुद्ध लियान्द्रो ट्रोसार्डले अन्तिम मिनेटमा गोल गरे।

समूह एफकै अर्को खेलमा भने अस्ट्रियाले स्विडेनलाई २-० गोलले हराएको छ। तर यो जितका बाबजुद पनि स्विडेन युरोकपमा सिधा छनोट हुन सकेन।

यसअघि नै आठ खेल सम्पन्न गरेको अस्ट्रिया भने समूह उपविजेता हुँदै युरोकपमा छनोट भइसकेको छ।

समूह एको शीर्ष स्थानमा बेल्जियम छ भने स्विडेन तेस्रो स्थानमा छ। स्विडेनलाई अब प्लेअफबाट युरोकपमा स्थान बनाउने बाटो खुला हुनेछ। 

गएराति नै भएको अर्को खेलमा स्पेनले जर्जियालाई ३-१ गोल अन्तरले हरायो। समूह एकाो स्पेन २० अंकसहति युरोकपमा छनोट भएको छ।

गएराति नै भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० ले हरायो। ३० अक भएको पोर्चुगल १० खेलमा अपराति रहँदै समूह जेबाट युरोकपमा छनोट भएको छ।

मंसिर ४, २०८० सोमबार ०७:४१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।