२०११ यता उपाधिहीन भारत, रोकिएन हारको शृङ्खला

२०११ यता उपाधिहीन भारत, रोकिएन हारको शृङ्खला

काठमाडौँ : आइसिसी विश्वकपको कुनै पनि खेल नगुमाउँदै फाइनलमा पुगेको भारतले यस पटक आइसिसीको प्रतियोगिताको हारको शृङ्खला तोड्नेमा प्रशंसकहरू ढुक्न थिए।

सन् २०११ यता भारतले आइसिसीको कुनै पनि प्रतियोगिता जित्न सकेको छैन। विश्वकपमा जुन खेल कौशलका साथ अपराजित यात्रा पार गरेर फाइनलमा पुगेको थियो उपाधि जित्ने आस गर्नु जायजै थियो।

लिगमा हराएको टोली अस्ट्रेलियाको खेलको आधारमा भारत बलियो टिम देखिएको थियो। तर भारतको पराजयको शृङ्खला रोकिएन सन् २०२३ मा पनि।

टस हारेर पनि ब्याटिङ पाएको टिमले ५० ओभरमा २ सय ४० रन मात्र बनायो। १० ओभरसम्म अस्ट्रेलियाका ब्याट्सम्यानहरूलाई दबाबमा पनि राख्यो। तर बलरहरू फिक्का हुँदै गए अस्ट्रेलियन ब्याटरहरु जम्दै गए। अन्तमा पुरै ओभर पनि नखेली अस्ट्रेलियाले सहजै उपाधि आफ्नो नाममा पारे।

सन् २०१४ पछि हारैहार

भारत सन् २०१४ मा टी-ट्वान्टी वर्ल्ड कपको फाइनलमा पुगेर पराजित भएको थियो। सन् २०१५ को क्रिकेट वर्ल्ड कपको सेमिफाइनलमै पराजित भयो। सन् २०१६ को टी-ट्वान्टी वर्ल्ड कपको सेमिफाइनलमै हारेको भारत २०१७ को च्याम्पियन ट्रफीको फाइनलमा पुगेर पराजित भयो। सन् २०१९ मा क्रिकेट वर्ल्ड कपको सेमिफाइनलमै हार्यो।

सन् २०२१ को वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेर पनि पराजित भएको भारतीय टिम २०२२ को टी ट्वान्टी वर्ल्ड कपको सेमिफाइनलमै पराजित भएको थियो।

सन् २०२३ को वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलमा पराजित भारतीय टिमले विश्वकपको फाइनलमा पुगेर पनि पराजितै भयो।

मंसिर ३, २०८० आइतबार २२:२७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।