१० ओभर नपुग्दै अस्ट्रेलियाको तीन विकेट गुम्यो

१० ओभर नपुग्दै अस्ट्रेलियाको तीन विकेट गुम्यो

काठमाडौँ : २ सय ४१ रनको लक्ष्य पछ्याउन ब्याटिङमा उत्रिएको अस्ट्रेलियाका खेलाडीलाई भारतीय बलरको कसिलो बलिङ धान्न हम्मे परिरहेको छ। अस्ट्रेलियाको रन रेट राम्रो छ। तर १० ओभर नपुग्दै तीन विकेट गुमाइसकेको छ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भइरहेको खेलमा मोहम्मद सामीको दोस्रो ओभरको पहिलो बलमै ओपनर डेविड वार्नर विराट कोहलीबाट क्याच आउट भए। उनले सात रन बनाएका थिए।

जस्पित बुमराहको पाँचौँ ओभरको तेस्रो बलमा मिचेल मार्श पनि क्याच आउट भए। उनले १६ रन बनाएका थिए। स्टिभ स्मिथ चार रनमा एलबीडब्लूको धरापमा परे।

भारतले निर्धारित ५० ओभरमा २ सय ४० रन बनाएको छ। नौ ओभरमा ५१ रन बनाएको अस्ट्रेलियाको रनरेट लक्ष्य पुरा गर्न पर्याप्त देखिन्छ। तर भारतीय बलरको बल थेग्न भने हम्मे परिरहेको देखिन्छ।

मंसिर ३, २०८० आइतबार १९:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।