विश्वकप जित्न अस्ट्रेलियालाई भारतको २ सय ४१ रनको चुनौती

विश्वकप जित्न अस्ट्रेलियालाई भारतको २ सय ४१ रनको चुनौती

काठमाडौँ : क्रिकेट विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको चुनौती दिएको छ। भारतको तर्फबाट केएल राहुलले सबैभन्दा धेरै ६६ रन हानेका थिए। 

टस हारेर ब्याटिङ पाएको भारतले ५० ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो।

भारतीय टिमको प्रारम्भ ठिकै थियो। तर विकेट जोगाउन नसकेपछि बीचमा पुगेर लय गुमायो। केएल राहुले एक सय ७ बलमा ६६ रन बनाएका थिए। विराट कोहलीले ६३ बलमा ५४ रन बनाए।

भारत विरुद्ध उत्रिएको अष्ट्रेलीयाले कसिलो बलिङसँगै चुस्त फिल्डिङ गरेको थियो। फिल्डरहरुले धेरै चौका बचाएका थिए।

कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाएका थिए। सूर्यकुमार यादवले २८ बलमा १८ बनाएर आउट भए। अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए। पैट कमिन्स र जोस हेजलवुडले २-२ विकेट लिएका थिए।

मंसिर ३, २०८० आइतबार १८:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।