भारतले तेस्रो विकेट गुमायो

भारतले तेस्रो विकेट गुमायो

काठमाडौँ : अस्ट्रेलिया र भारतबिच जारी क्रिकेट विश्वकपको फाइनलमा भारतले तेस्रो विकेट गुमाएको छ। श्रेयश अय्यरचार रन बनाएर आउट भए।

यस अगाडि रोहित शर्मा ३१ बलमा ४७ रन लिएर आउट भएका थिए। शुभमन गिल आउट भएका थिए। आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल टस जितेको अष्ट्रेलियाले बलिङ रोजेको थियो।

फाइनलसम्म पुग्दा भारत अपराजित रहेको छ। भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो। भारत २००३ को फाइनलमा अष्ट्रेलियासँग हारेको थियो। अष्ट्रेलियाले १९८७,१९९९,२००३,२००७ र २०११ मा उपाधी जितेको थियो।

 

मंसिर ३, २०८० आइतबार १५:०२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।