मंसिर सातको प्रदर्शनमा ओलीको निर्देशन : रातो क्याप लाउनु, निषेधित क्षेत्र नतोड्नु

मंसिर सातको प्रदर्शनमा ओलीको निर्देशन : रातो क्याप लाउनु, निषेधित क्षेत्र नतोड्नु

काठमाडौं:  एमाले अध्यक्ष केपी ओलीले युवा सङ्घले मङ्सिर सात गते आव्हान गरेको प्रदर्शनमा पार्टीको झन्डा बोकेर रातो क्याप लगाउन र निषेधित क्षेत्र नतोड्न  निर्देशन दिएका छन्।

त्यही दिन दुर्गा प्रसाईँ समूहले समेत प्रदर्शन गर्दैछ।पार्टीको जनसङ्गठन समन्वय संयन्त्रले शनिवार पार्टी कार्यालय च्यासलमा गरेको कार्यक्रममा बोल्दै उनले सरकारले प्रदर्शनका लागि कुनै स्थल तोक्यो भने त्यहीँ मात्र प्रदर्शन गर्न निर्देशन दिए।

‘हामी निषेधित क्षेत्र तोड्दैनौँ। जुन रुट सरकारले भन्छ त्यो रुटमा हामी चल्न सक्छौँ, अहिले अवज्ञा गरेर जानुपर्ने खालको स्थिति होइन ।’

उनले हरेकले रातो टोपी र झन्डा बोक्नु राम्रो हुने बताएका थिए।सुरक्षा निकायले सो दिन झडप हुनसक्ने भन्दै दुवै आयोजकलाई माइतीघरमा प्रदर्शन गर्न नदिई भिन्दाभिन्दै स्थल तोक्ने तयारी गरेको छ।

ओलीले प्रदर्शनमा कसैप्रति जाइ नलाग्न र संयमित हुन समेत निर्देशन दिए। संयमित ढङ्गले जोसिलो प्रदर्शन गर्न, तोडफोड र कसैलाई आक्रमण नगरी प्रदर्शन गर्न उनले निर्देशन दिए। उनले अहिले माइतीघर भनिए पनि प्रदर्शनस्थल बदलिन सक्ने बताए।

मंसिर २, २०८० शनिबार १८:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।