न्युजिल्याण्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

न्युजिल्याण्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

एजेन्सी : न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत आइसिसी विश्वकप २०२३ को फाइनलमा पुगेको छ। साउथ अफ्रीका र अष्ट्रेलियाविचको विजेतासँग भारतले फाइनल खेल्नेछ। भारतले २०११ पछी पहिलो पटक फाइनलमा पुगेको हो।

भारतले जितको लागि न्युजिल्याण्डलाई  ३ सय ९८ रनको विशाल लक्ष्य दिएको थियो। न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रन बनाएर अल आउट भयो।

न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन बनाएका थिए। उनी क्रिजमा टिकिरहेसम्म न्युजिल्याण्डको आस जीवित थियो। तर उनी पेभेलियन फर्किएपछि आएका खेलाडी भारतीय बलरका अगाडि टिक् सकेनन्।

केन विलियम्सन मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरेका थिए ।

केन ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा क्याच आउट भएका थिए। मोहम्मद सामीले दुवै ओपनरलाई आउट गर्दै भारतको उत्कृष्ट सुरुवात गरेका थिए।

दुवै ओपनर रचिन रवीन्द्र र डेभन कन्वे एज लागेर विकेटकिपर लोकेश राहुलबाट समान १३ रनमा क्याच आउट भए।

ग्लेन फिलिप्स ३३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भएका थिए।

सामीको ३३ औँ ओभरको दोस्रो बलमा विलियम्सन सूर्यकुमार यादवबाट क्याच भएपछि भारत खेलमा हाबी भएको थियो।

भारतका मोहम्मद सामीले ९.५ ओभरमा ५७ रन खर्चेर ७ विकेट लिए। बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिएका थिए।

युवा ब्याटर श्रेयस ‌ऐरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रनको विस्फोटक शतकीय इनिङ खेलेर भारतको स्कोर उच्च बनाएका थिए।

विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रन बनाएका थिए।

न्युजिल्याण्डका बलर जम्न नसक्दा वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा जम्मा ४ विकेट गुमाउँदै ३ सय ९८ रन बनाएको थियो। विशाल लक्ष्य पच्छ्याउन न्यजिल्याण्डलाई सहज भएन। सन् २०१९ मा सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई हराएको थियो। सन् २०१३ मा उसले इतिहास दोहोर्याउन सकेन।

कात्तिक २९, २०८० बुधबार २२:५२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।