भारतले तोड्यो आफ्नै विश्व कीर्तिमान

भारतले तोड्यो आफ्नै विश्व कीर्तिमान

एजेन्सी : भारतले दिपावलीमा एकैपटक धेरै दीप प्रज्वलन गरेर आफ्नै विश्व कीर्तिमान तोडेको छ।

शनिबार साँझ अयोध्यामा २२ लाख २३ हजार दीप प्रज्वलन गरेर भारतले आफैँले बनाएको रेकर्ड तोडेको हो।

यसअघि पनि अयोध्यामा १५ लाख ७६ हजार दीप प्रज्वलन गरेर विश्व कीर्तिमान राखिएको थियो।

उक्त समारोहमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दी बेन पटेल लगायतका उच्चपदस्थ व्यक्तिहरू सहभागी थिए।

यो कीर्तिमानलाई ड्रोनमार्फत सरयू नदीको घाटको अनुगमन गरिएको थियो।

दीप प्रज्वलन समारोहपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डका पदाधिकारीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रमाणपत्र हस्तान्तरण गरे।

विश्वभर यतिधेरै दीप एकैपटक कहिल्यै र कहिँ पनि नजलाइएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड अधिकारीहरूले बताएका छन्।

हिन्दू धर्मअनुसार लंकाका राजा रावणको वध गरेर भगवान राम आफ्नो घर अयोध्या पुग्दा उनको स्वागतका लागि दीप प्रज्वलन गरिएको थियो।

त्यसैले हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष कार्तिक अमावस्याका दिन दीपावली पर्व मनाउने गर्छन्।

कात्तिक २६, २०८० आइतबार ०८:३५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।