इजरायली सेनाले घेर्‍यो गाजाका अस्पताल

इजरायली सेनाले घेर्‍यो गाजाका अस्पताल

काठमाडौं : इजरायली सेना गाजाका अस्पतालहरू नजिक पुगेको छ।

इजरायली सेनाले गाजाका मुख्य अस्पतालहरू अल शिफा, अल-कुड्स, अल-रेन्टिसी र इन्डोनेसियाको एउटा अस्पताल नजिक अगाडि बढेको जानकारी दिएको छ।

अस्पताल नजिक र बाहिर लगातार विस्फोटको खबर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

इजरायलले हमासले अल शिफा अस्पताल मुनि बनाइएको सुरुङबाट हमला गरिरहेको आरोप लगाउँदै आएको छ। यद्यपि हमासले यसलाई अस्वीकार गर्दै आएको छ।

सामाजिक सञ्जालमा एक महिलाले सार्वजनिक गरेको भिडियोमा अल-रेन्तिसी अस्पताललाई मिलिटरी ट्याङ्कहरूले घेरिएको छ। भित्रका मानिसहरूलाई अस्पताल खाली गर्न भनिएको सुन्न सकिन्छ।

यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बीबीसीसँगको विशेष अन्तर्वार्तामा इजरायलले गाजा शहरमा महिला र बालबालिकामाथि आक्रमण नगर्न आग्रह गरेका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विश्व नेताहरूले इजरायलको नभई हमासको निन्दा गर्नुपर्ने बताएका छन्।

कात्तिक २५, २०८० शनिबार ०९:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।